‘राष्ट्रपति भण्डारी राजाभन्दा महंगी’



काठमाडौं: राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारी राजा भन्दापनि महंगी बन्दै गएको आरोप लगाएका छन् ।

 

काठमाडौंमा आज आयोजित साक्षात्कार कार्यक्रममा राणाले भने, ‘अहिलेको विशाल शितलनिवास राष्ट्रपतिज्यूलाई सानो भयो रे, प्रहरी तालिम केन्द्रपनि उहाँलाई नै चाहिने भयो भन्ने सुनिँदैछ, यो कस्तो विलाशीपना हो?’

 

‘गणतन्त्रकी राष्ट्रपति किन महंगी बन्दै हुनुहुन्छ? करोडौँका गाडी चाहिने? अर्बाँको हेलिकप्टर खरिद गर्नुपर्ने?’ राणाले २०४७ सालपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बनेको सरकार सबैभन्दा शक्तिशाली भएपनि दुई तिहाईको सरकारले काम गर्न नसकेको आरोप लगाए ।

 

‘राजतन्त्रकालमा नदेखिएका दृश्यहरु गणतन्त्रमा देख्न पाईएको छ, राष्ट्रपतिलाई चाहिँ सुविधा नै सविधा’ राणाले थपे, ‘दशैँमा जनतालाई चाहिँ घुँडा टेकाउने? यस्तो राष्ट्रपतीय प्रणालीले के गर्न खोजेको हो, अब शंका जन्मिँदैछ।’

 

नेपाललाई हिन्दुराज्य कायम गर्नुको विकल्प नभएको दावी गरेका अध्यक्ष राणाले कांग्रेसको महासमिति बैठकमा हिन्दुराज्यको बारेमा बहस हुनुले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्