रुसी राष्ट्रपति भारत भ्रमणकाे तयारीमा : दुर्इदेशीय सम्बन्धमाथि व्यापक छलफल गरिने



एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार दुईदिने भ्रमणमा निस्कने भएका छन् । उनले अक्टुबर ४ र ५ मा भारतकको औपचारिक भ्रमण गर्ने बताइएको छ । क्रेमलिन प्रेस सर्भिसको अनुसार दुई देशका राष्ट्रध्यक्ष १९ औं वार्षिक द्विपक्षीय सम्मेलनमा सहभागी हुनेछन् ।

 

क्रेमलिनले भनेको छ, ‘भारतीय प्रधानमन्त्री मोदी र रुसी राष््ट्रपति पुटिनबीच भारत–रुस सम्बन्ध र साझेदारीलाई लिएर गम्बीर विमर्श हुनेछ ।’ क्रेमलिनले यो पनि भनेको छ कि, ‘दुई देशबीच क्षेत्रीयका साथै अन्तराष्ट्रिय मुद्दामा पनि वार्ता हुनेछ ।’

 

भारत र रुसबीच केही विषयमाथि सम्झौता हुने तथा केही दस्तावेजसमेत आदाप्रदान हुने बताइएको छ । 

 

त्यसपछि भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिन भारतीय बिजनेस फोरममा सहभागी हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्