वीरगन्जमा आमा–छोरीको शव कुहिएको अवस्थामा फेला



वीरगन्ज : बारा कलैया उपमहानगरपालिका वडा नं. २६ सिसुवा महेशपुरका पवन साहकी २२ वर्षीया श्रीमती र अढाई वर्षकी छोरीको शव कुहिएको अवस्थामा फेला परेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १२ शिवनगर नयाँ टोलमा मोहन झाको घरमा डेरा गरेर बस्दै आएका उनीहरुको शव कुहिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय श्रीपुर जनाएको छ ।
घरमा दुर्गन्ध फैलिएपछि घरबेटी झाले वडा प्रहरी कार्यालय श्रीपुरमा खबर गरेका थिए । प्रहरी निरीक्षक चक्रबहादुर मल्ल नेतृत्वको टोलीले ढोकाको ताल्चा फुटाएर हेर्दा कुहिएको अवस्थामा शव भेटिएको थियो ।

प्रहरी निरीक्षक मल्लका अनुसार आमा–छोरीको शव कपडाले बेरे राखिएको थियो । प्रारम्भिक अनुसन्धाका आधारमा उनीहरुको हत्या गरिएको देखिन्छ । उनीहरुको हत्या गरी त्यही छाडिएको देखिएको छ ।

पवन भने फरार छन् भने उनी पेन्टिङको काम गर्दै आएका छन् ।

प्रहरी निरीक्षक मल्लले घटनास्थलको मुचुल्का लगायत थप अनुसन्धान शुरु गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्