फरक धर्मले प्रेममा फाटो, प्रेमिकाले काटिदिइन् प्रेमीको लिङ्ग



काठमाडौं : फरक धर्मका कारण प्रेममा फाटो आएपछि एक प्रेमीकाले प्रेमीको लिङ्ग काटिदिएकी छिन् । काठमाडौं महानगरपालिका–६ महाँकलमा डेरा गरेर बस्ने १९ वर्षिया प्रेमिकाले मकवानपुर हेटौंडा स्थायी घर भई बौद्ध बस्दै आएका प्रेमी २१ वर्षीय राजिव सुनुवारको लिङ्ग काटिदिएकी हुन् ।

फरक–फरक धर्म मान्दै आएका दुईबीचको प्रेमसम्बन्धले विवाहको रुप लिन नसकेपछि प्रेमिकाले प्रेमिलाई आफ्नै डेरामा बोलाएर चक्कुले लिङ्ग काटिदिएको महानगरीय प्रहरी वृत बौद्धका डीएसपी रमेश बहादुर सिंहले जानकारी दिए ।

डीएसपी सिंहका अनुसार दुवैजना होटल हायातमा कार्यरत कर्मचारी हुन् । धर्मका कारण परिवारले प्रेम अस्विकार गरेपछि प्रेमीले सम्बन्ध तोड्ने प्रस्ताव गरेका र करिब एक सातादेखि फोनमा समेत सम्पर्क नभएको डीएसपी सिंहले बताए ।

सुनुवारले प्रहरीलाई दिएको जानकारीका अनुसार प्रेमिकाले प्रेमीलाई अन्तिमपटक भेट्न बोलाएपछि उनी सोमबार उनको डेरामा पुगेका थिए । र प्रेमिकाले त्यहीँ नै चक्कुले प्रेमीको लिङग काटिदिइन् ।

सुनुवारको अहिले ओम अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्