लागूऔषध गाँजासहित बैठा वीरगन्जमा पक्राउ



वीरगन्ज : प्रहरीले १२ किलो लागूऔषध गाँजासहित एक जनालाई पर्साबाट पक्राउ गरेको छ । प्रहरीले वीरगन्जको गण्डक चौकमा चेकजाँच गर्ने क्रममा वीरगन्ज वडा नम्बर १९ का ६० वर्षीय रामबालक बैठालाई करिब १२ किलो गाँजासहित पक्राउ गरेको हो ।

प्रहरी चौकी गण्डकबाट खटिएका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जितपुरबाट साईलकमा वीरगन्जतर्फ आईरहेको बैठालाई लागूऔषध गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

११ किलो ८ सय ग्राम लागूऔषध गाँजासहित पक्राउ परेका बैठालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको प्रहरी नायब उपरिक्षक विरेन्द्र बहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्