लागुऔषधसहित पक्राउ



भक्तपुर: लागुऔषधसहित भक्तपुरको कटुञ्जेबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका चपरगौरी घर भई हाल सूर्यविनायक नगरपालिका ५ बस्ने ४९ वर्षीया लक्ष्मी शाही र सोही स्थान बस्ने भारतको विहार जिल्ला पूर्वी चम्पारण ग्राम खटुवा धनहर का २५ वर्षीय अमित कुमार रहेका छन् ।

 

सूर्यविनायक–५ कटुञ्जे एकता टोलस्थित शाहीको घरको दोस्रो तलामा लागुऔषध कारोबार गरिरहेको सूचनाका आधारमा छापामारी उनीहरुलाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

 

प्रहरीले उनीहरुका साथबाट नुफिन ३०० थान, फेनेरगन ३०० थान, डाइजेल्याब ३०० थान र रु ४८ हजार बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्