दरबारमार्ग बलात्कार काण्डका मुख्य अभियुक्त गौतमले आत्मसमर्पण गरे



काठमाडौं : दरबारमार्ग ‘सामूहिक बलात्कार’ प्रकरणका मुख्य अभियुक्त विकास गौतमले अदालतसमक्ष अात्मसमर्पण गरेका छन्। होटल ल्यान्डमार्कमा माघ ७ गते राती सामूहिक बलात्कार भएको थियो।

 

गौतमले बुधबार साँझ ५ बजे जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका हुन्। अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरिएको दरबारमार्ग प्रहरी प्रभागका डिएसपी दानबहादुर मल्लले बताए।

 

केन्द्रीय अनुसन्धान ब्यूरोले आफूलाई खोजिरहेको थाहा पाएपछि गौतमले अात्मसमर्पण गरेकाे बताइएकाे छ। साेही मुद्दामा संलग्न भएको अारोपमा शैलेस कार्की यसअघि नै पक्राउ परिसकेका छन्। 

प्रतिक्रिया दिनुहोस्