पाइलटको शैक्षिक प्रमाणपत्र नै नक्कली, एयरलाइन्सका ५० कर्मचारी बर्खास्त



इस्लामावाद: पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालक (पाइलट)सहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ ।  उनीहरुको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको र बर्खास्त हुनेमध्ये ३ जना विमान चालक रहेको जनाइएको छ ।

 

पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पिआइए)ले आफ्ना ५० कर्मचारीको विद्यालय तहको शैक्षिक प्रमणपत्र नक्कली भएको अहिले पत्ता लगाएको हो । पिआइएका प्रवक्ता मसुद ताजवारले यसअघि पनि कम्तीमा ६ जना विमान चालकलाई यही कारणले बर्खास्त गरिसकिएको सोमबार जानकारी दिए ।

 

नक्कली प्रमणपत्र ठूलो चुनौतीका रुपमा देखिएको उनको भनाई छ। एयरलाइन्सले नक्कली प्रमाणपत्रधारी विमान चालकहरुको चालक अनुमतिपत्र पनि रद्ध गरिदिएको प्रवक्ता ताजवारले बताए । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्