मुख्यमन्त्री राईद्वारा उद्यौली पर्वको शुभकामना



विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्यौली पर्वको अवसरमा शुभकामना दिएका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले किराँत समुदायको महान पर्व उद्यौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर) २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री राईद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, यहाँ मनाउने उद्यौली जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् ।

यस प्रकारका मौलिक सांस्कृतिक चाड पर्वहरुले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गरेका छन्, मुख्यमन्त्री राईले जारी गरेको सन्देशमा भनिएको छ ।

धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वहरुको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउने तर्फ लाग्नु हामी सबैको कर्तव्य हो, शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

यो पर्वले नेपालका सबै जातजाती एकताबद्ध भै आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणमा अगाडि बढ्न मुख्यमन्त्री राईले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्