रवि लामिछानेले ‘द लिडरः यो राष्ट्रको सेवक’ रियालिटी शो सञ्चालन गर्ने



काठमाडौं : टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले ‘द लिडरः यो राष्ट्रको सेवक’ कार्यक्रम चलाउने भएका छन् । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उनले नेताको खोजी गर्ने उक्त कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको हो ।

उक्त कार्यक्रम ‘रियालिटी शो’ फर्म्याटमा चलाइनेछ । कार्यक्रमको लागि विभिन्न अडिसन र तह पार गरी विजेता घोषणा गरिनेछ ।

कार्यक्रमको निर्णायक मण्डलमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशील कार्की र साझा पार्टीका संयोजक रवीन्द्र मिश्र रहनेछन् ।

उक्त रियालिटी शोका विजेतालाई एउटा गाडी, अपार्टमेन्ट र २० लाख नगद पुरस्कारको घोषणा गरिएको जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्