कार्यकक्षमै कुटिए लेखापाल



पोखरा : लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिकाका लेखापाल श्याम पराजुली कार्यकक्षमै कुटिएका छन् ।

कार्यकक्षमा काम गरिरहेको अवस्थामा ४५ वर्षीय पराजुलीलाई ३५ वर्षीय स्थानीय नवीन श्रेष्ठले अनुहारमा मुक्का प्रहार गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले बताएको छ ।

 

घाइते लेखापाल पराजुलीलाई उपचारको लागि तत्काल सामुदायिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरी मुक्का प्रहार गर्ने नवीन श्रेष्ठको खोजीमा लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्