सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा बम विष्फोट



सिरहा : सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालय भवनमा गएराती बम विष्फोट भएको छ । गाउँपालिका कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।

प्रहरीले बम विष्फोट घटनामा संलग्नताको आशंकामा एक जनालाई पक्राउ गरेको प्रहरी निरिक्षक उमा शंकर प्रसाद यादवले जानकारी दिएका छन्। विष्फोटवाट कार्यालयको झ्याल, ढोका लगायतका फर्निचरमा क्षति पुगेको छ। प्रहरी निरीक्षक यादवका अनुसार मानवीय क्षति भने भएको छैन।

प्रतिक्रिया दिनुहोस्