प्रधानन्याधीश मिश्रको अस्वाभाविक सक्रियताः हिँड्ने दिन समेत आफ्नो स्वार्थको मुद्दालाई तोके इजलास



काठमाडौं: प्रधानन्याधीश ओमप्रकाश मिश्र मंगलबार उमेर हदका कारण अवकास लिँदै थिए । दिउँसो साढे २ बजे बिदाई कार्यक्रम थियो। त्यसको केही घन्टाअघिसम्म पनि उनी अस्वाभाविक रुपमा इजलास तोकिरहेका थिए।

 

‘हिँड्ने दिनसमेत मुद्दा व्यवस्थापनमा रुचि देखाउने प्रधानन्याधीश कहिल्यै देखिएको थिएन,’ न्याय प्रशासनका एक उच्च अधिकारीले भने, ‘केही घन्टाअघिसम्म पनि मुद्दा छान्ने र आफ्नो स्वार्थको इजलासमा तोक्ने उनको चरित्र अजिब थियो।

 

एनसेलको सेयर होल्डरमध्ये एक निरजगोविन्द श्रेष्ठको मुद्दा न्यायाधीश द्वय केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको इजलासमा तोकियो। सोही इजलासमा गोरखा ब्रुअरीको मुद्दासमेत सूचीमा चढ्यो। प्रधानन्याधीश मिश्रले रुचिका मुद्दा लाई इजलास तोक्न थालेपछि सरकारी वकिलले स्थगनको निवेदन हालेको खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्