कालिञ्चोकबाट फर्किँदै गरेकाे बस दुर्घटना हुँदा १४ को मृत्यु, १७ घाईते



सिन्धुपाल्चोक : दोलखाबाट काठमाडौ आउँदै गरेको यात्रु्बस लामोसाघु जिरी सडक खण्ड अन्तर्गत पाँचकिलो मोडकमा दुर्घटना हुँदा १४ जनाको ज्यान गईसकेको सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भीमाकान्त शर्माले बताएका छन् ।

भक्तपुर च्यामासिंहमा चल्ने बस कालिञ्चोकबाट फर्कदै गरेको रिजर्भ बसको ब्रेक फेल हुँदा यात्रुबस मोडबाट करिब ५ सय मिटर तल खसेको थियो । अहिले पनि उद्धार कार्य जारी छ । अहिलेसम्म १७ जना घाईतेको उद्धार भएको छ । घाईतेमध्ये केहीको अवस्था गंभीर रहेको छ ।

घाईतेहरुलाई उपचारका लागि खाँडीचौरस्थित स्थानीय अस्पताल र काभ्रे स्थित धुलीखेल अस्पताल लगिएको छ । मृत्यु हुने र घाईतेहरु अधिकांश सिन्धुपाल्चोक याङ्लाकोटका रहेको बताईएको छ ।

कालिञ्चोक मन्दिरको दर्शन गरेर फर्किने क्रममा आज आईतबार बिहान करिब ७ः३० बजे बा २ ख ४४६८ नम्बरको यात्रुबस दुर्घटना भएको जिल्ला प्रहरीस् कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक गणशे खनालले जानकारी दिए ।

सिन्धुपाल्चोकको सुनकोशी ७ स्थित पाँच किलो मोडमा दुर्घटना हुँदा १३ को घटनस्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा ८ महिला, ३ पुरुष,१ बालक र १ बालिका रहेका छन् । मृतकको सनाखत भईसकेको छैन । बसको ब्रेक फेल हुँदा बस मोडबाट ५ सय मिटर तल खसेको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्