पहिरोमा परी एक जनाको मृत्यु, एक घाइते



नुवाकोट: विदुर नगरपालिका– १० गेर्खुस्थित सडकमा साँझमा आएको पहिरोमा परी गेर्खुटारकी ७३ वर्षीया प्रेमकुमारी तामाङको मृत्यु भएको छ । बाटो हिँड्ने क्रममा एक्कासी आएको पहिरोले उनलाई पुरेको थियो।

 

गम्भीर घाइते अवस्थामा उद्धार गरिएकी सोही गाउँकी रामकुमारी तामाङलाई उपचारका लागि काठमाडौं लगिएको नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्