जापान जान कुनैपनि प्रकारको कारोबार नगर्न आग्रह



काठमाडौं: वैदेशिक रोजगार व्यवसायी संघले जापानको रोजगारीको लागि भन्दै कसैसँग कुनै प्रकारको कारोबार नगर्न आग्रह गरेको छ ।

 

जापानले विदेशी कामदार लैजाने खबर सार्वजनिक भएपछि यही बहानामा ठगी हुन सक्ने भन्दै नेपाली कामदार जापान पठाउने प्रक्रियासम्बन्धी आधिकारिक सूचना जारी नभएसम्म कुनै संस्था वा व्यक्तिबाट जापानको राजगारीका नाममा कारोबार नगर्न नगराउन संघले सचेत गराएको खबर गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्