नासाको यान सौर्यमण्डलबाट अहिलेसम्मको अधिकतम दूरीमा



एजेन्सी : अमेरिकी अन्तरिक्ष संस्था नासाले सौर्यमण्डलको बाहिरी भागमा रहेको पिण्डको तस्बिर खिच्न सफल भएको जनाएको छ ।

सौर्यमण्डलको बाहिरी हिस्सामा रहेका पिण्डको अध्ययन गर्न नासाले पठाएको अन्तरिक्ष यान ‘न्यु हराइजन्स’ले उक्त तस्बिर खिचेको हो । यससँगै न्यु हराइजन्स सौर्यमण्डलबाहिर सबैभन्दा धेरै दूरी पार गर्ने अन्तरिक्ष यान बनेको छ ।

अल्टिमा टुली नामक पिण्ड नजिक पुगेको अन्तरिक्ष यानले तस्बिरसहित अन्य जानकारी पनि संकलन गरेको बीबीसीले जनाएको छ । यानले अझै केही महिना अन्तरिक्षमा रहने र अध्ययन गर्ने बताइएको छ । 

यानले पठाएको सन्देश पृथ्वीसम्म आइपुग्न छ घण्टा आठ मिनेट लागेको थियो । यानको सन्देश स्पेनमा रहेको एन्टेनाले समातेको नासाले बताएको छ । यान अहिले सौर्यमण्डलको अन्तिम ग्रह यमबाट एक दशमलब पाँच अर्ब किलोमिटरको दुरीमा रहेको र यम ग्रह २०१५ मै पार गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्