लागूऔषधसहित युवक पक्राउ



ईटहरी : ईलाका प्रहरी कार्यालय ईटहरीले लागूऔषधसहित एक जना युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी ९ स्थित बसपार्कबाट धरान उपमहानगरपालिका १० बस्ने वर्ष १९ का विकास पोदारलाई लागूऔषधसहि पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालयक प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठका अनुसार पक्राउ परेका पोदारको साथबाट लागूऔषध एभिल ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल, डाईजेपाम ३५ एम्पुल गरी जम्मा १ सय ५ एम्पुल र सोही झोलामा नाईट्रोसन ट्याब्लेट १ पत्तामा १० ट्याब्लेटको दरले ४ पत्तामा ४० ट्याब्लेट रहेको र सोही झोलामा नाईट्रोभेट लेखिएको १ पत्तामा १० ट्याब्लेटको दरले ६ पत्तामा ६० ट्याब्लेट फेला परेको थियो ।

साथै उनलाई लागूऔषध मुद्दामा म्याद थपको तयारी भईरहेको पनि प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्