अनुमतिबिना ड्रोन उडाने तीन युवक पक्राउ



काठमाडौं : प्रहरीलेबिना अनुमतिबिना ड्रोन क्यामेरा उडाउने तीनजनालाई पक्राउ गरेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडामा मंगलबार अनुमतिबिना ड्रोन क्यामेरा उडाउने तीन युवक पक्राउ परेका छन् ।

प्रक्राउ पर्नेमा सिराहा धनगढी नगरपालिका–२ घर भई काठमाडौं कोटेश्वर बस्ने २४ वर्षीय सन्देश लुइँटेल र अन्य दुईजना रहेका छन् ।

 

जगातीस्थित महानगरीय प्रहरी वृत्तबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ड्रोन क्यामरा उडारहेका बेला पक्राउ गरेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्