धेरै मुद्दाका अभियुक्त पक्राउ



जनकपुरधाम : कर्तव्य ज्यान तथा डाका मुद्दाका फरार एक अभियुक्तलाई सिरहा प्रहरीले बुधबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले महतोलाई पक्राउ गरेको हो ।     

धनुषाको सिंग्याही मडान–३ घर भई सिरहा कर्जन्हा नगरपालिका–२ बन्दीपुर बस्ने ५७ वर्षीय रामेश्वर महतोलाई आफ्नै घरमा लुकीछिपी बसिरहेका बेला प्रहरीले पक्राउ गरेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।  

२०७३ फागुनमा सिरहा मिर्चैया–२ मल्हनियाँखरी नजिक साबिक मदौलिया गाविस–५ का लालु खानलाई गोली हानी हत्या गरेका महतोमाथि कर्तव्य ज्यानसँगै संगठित अपराध र विस्फोटक पदार्थ तथा डाका मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्