लोकसेवा आयोगको अधिकारमा भारी कटौती



काठमाडौं : संवैधानिक निकायको रूपमा रहेको लोकसेवा आयोगको अधिकारमा भारी कटौती गर्दै सरकारले लोकसेवासम्बन्धी कानुन संशोधन र एकीकरण गर्नेसन्बन्धी विधेयक तयार पारेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको विधेयक समितिले अन्तिम रूप दिइसकेको सो विधेयकमा सरकारले आयोगको  प्रशासनिक अधिकार संकुचन पारेको छ । बजेट खर्च गर्न पाउने आयोगको स्वतन्त्रतामा पनि अंकुश लगाउन खाजेको छ । 

यस्तै आयोगको बाधा अड्काउ फुकाउन पाउने अधिकारसमेत कटौती गरेको छ । नेपालको संविधान २०७२ ले लोकसेवा आयोगको क्षेत्राधिकारमा बढोत्तरी गरेको छ । 

संविधानले क्षेत्राधिकार बढाए पनि अधिकार कटौती गर्न खोजेपछि आयोग सरकारसँग रुष्ट छ । लोकसेवाले सरकारले तयार पारेको विधेयक सच्याउन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्राचार गरेको छ । 

लोकसेवा आयोगले परिवर्तियत समयअनुसार अधिकार बढेकाले सोहीअनुसार नयाँ  कानुन बन्नुपर्ने भन्दै लोकसेवासम्बन्धी विधेयकको मस्यौदा प्रधानमन्त्री कार्यालयमा पठाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्