उदयपुरमा जंगली हात्ती आतंक : ३६ परिवार घर विहीन



उदयपुर : उदयपुरको तराई क्षेत्रको विभिन्न ठाउँमा हात्तीले घर भत्काउदा ३६ परिवार घरबाहर विहीन हुन पुगेका छन् । पन्ध्र दिनयता नगरपालिका, चौदण्डी नगरपालिका र त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न वडामा जङ्गली हात्तीले ३६ घर भत्काएको हो ।

घर भत्काउनुको साथै अन्नबाली पनि खान पल्केको हात्तीले धेरै सताउन थालेको स्थानीयहरुले बताएका छन् ।

त्यस्तै जङ्गली हात्तीले चौदण्डीको हँडिया र सुन्दरपुर क्षेत्रका सात घर भत्काएको छ भने २५ मुरीभन्दा बढी भकारीको धानसमेत नष्ट गरिदिएको हँडियाका स्थानीय देवीलाल चौधरीले बताएका छन् ।

त्रियुगाका वडा नं १ जोगिदह, २ को मोथ्याई, खैजनपुर, वडा नं ३ को चाप, ४ को बगाहा र वडा नं ५ को चुरेक्षेत्रको श्रीपुर क्षेत्रमा १७ घर हात्तीले भत्काइदिएको छ र अन्न समेत खाएको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्