जापानले माग्यो नेपालसँग रोजगार अवधारणा



काठमाडौं: रोजगारीका लागि नेपाली युवा लैजाने सम्बन्धमा जापान सरकारले नेपाल सरकारलाई आधिकारिक अवधारणा बनाउन अनुरोध गरेको छ।

 

जापान सरकारले नेपाली कामदार लैजाने सम्बन्धमा गरेको निर्णयसँगै सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग अवधारणा माग गरेको खबर कारोबार दैनिकमा छ।

 

नेपालबाट के कस्ता कामदार माग गर्ने भन्ने सम्बन्धमा नेपाललाई अवधारणा बनाउन जापानले अनुरोध गरेको श्रम सचिव महेशप्रसाद दाहालले बताए। यस सम्बन्धमा छलफल गर्न जापानी प्रतिनिधि माघ २ गते नेपाल आउदैछन्।

 

नेपाल सरकारले कम्तिमा ३० हजार नेपाली युवालाई रोजगारी दिन जापानलाई अनुरोध गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्