‘ब्रोकर लाइसेन्स देऊ’



काठमाडौं: धितोपत्र बोर्डले मापदण्ड पूरा गरेका वाणिज्य बैंकका सहायक कम्पनीलाई सेयर ब्रोक्ररको लाइसेन्स दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ ।

 

राष्ट्र बैंकले सहायक कम्पनी खोलेर बैंकले सेयर ब्रोकरको काम गर्न पाउने व्यवस्था गरेलगत्तै सेवोनले यस्तो निर्देशन दिएको हो । डा. युवराज खतिवडा अर्थमन्त्री भएपछि लगातार ओरालो लागेको सेयर बजारका समस्या समाधान गर्न राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको कार्यदलले दिएको सिफारिसअनुसार बोर्डले यस्तो निर्णय गरेको राजधानीमा खवर छ ।

 

बोर्डको सञ्चालक समितिको बैठकले तोकिएको मापदण्ड पूरा गरेका वाणिज्य बैंकलाई सहायक कम्पनीमार्फत सेयर खरिद बिक्री गर्न पाउनेगरी अनुमतिपत्र प्रदान गर्न निर्देशन दिएको हो । लामो समयदेखि सेयर बजार उपत्यकामा मात्रै सीमित भएको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्