उदयपुरमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, पाँच घाइते



उदयपुर : दार्जलिङबाट नेपाल घुम्न आएको जीप उदयपुरमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

उदयपुरको उदयपुरगढी गाउँपालिका–३ तामडाडाँमा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । आज (बिहीबार) बिहान एस के ०१ पी बी ३०६० नम्बरको भारतीय जीप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका छन् ।

मृतक तथा घाइतेबारे थप जानकारी खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्