कर्णालीको कहर, बर्खामा हिलो, हिउँदमा धुलो



कालिकोट: कर्णाली राजमार्गको सुर्खेतदेखि बढीचौर हुँदै दैलेख, कालिकोट, मुगुसम्म जोड्ने कर्णाली राजमार्ग जीर्ण बन्दै गएको छ । राजमार्गमा बालुवाव, गिटी बोक्ने ट्रिपर र ट्याक्टरका कारण सडक जीर्ण बनेको हो । समयमा मर्मत सम्भार नहुँदा हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने गरेको छ सडक ।

 

सुर्खेतको बडीचौरदेखि तल्लो डुगेश्वरसम्मको सडकखण्डमा दर्जनौं ठाउँ भत्केर कच्ची भन्दा कमजोर देखिन्छ भने डुगेश्वरदेखि दैलेखखको टुनिबगरसम्मको सडकखण्डमा कालोपत्रे उक्किएर सवारीसाधन चलाउन कठिन हुने गरेको छ । यस्तै, दैलेखको खिड्की ज्युलादेखि कालिकोटको मान्मसम्म कालोपत्रे उक्किएर खाडाचक्र नगरपालिकाको कार्यालयअगाडि नै सडक धुलाम्मे हुन पुगेको छ ।  ‘पिच सबै उक्किसकेको छ,’ सवारी चालक पे्रमबहादुर खत्रीले भने, ‘खाल्डाखुल्डीको कुरै नगरौं ।’

 

उनका अनुसार सुर्खेतदेखि तल्लो डुगेश्वर जम्मा ४६ किलोमिटर सडक पार गर्न मालवाहक ट्रक तथा ठूला यात्रुवाहक बसलाई चार घण्टाभन्दा बढी लाग्ने गरेको छ । फेरि सडकमा गुड्ने सवारीको संख्या बढेको छ । तर, सडकको अवस्था झनेझन् दयनीय हुँदै गइरहेको राजधानीमा खवर छ ।

 

गाडी चलाउनै कठिन

गाडी चालक हरि खत्री मात्रै होइनन्, राजमार्गमा चालक धेरैजसोले गाडी चलाउने निकै कठिन भएरहेको बताए । शुभकालिका गाउँपालिका–२ का  बिष्णु शाहीले चालकले दिनहुँ गाली खाइरहनुपरेको बताए ।बर्खामा राजमार्गमा पहिरोले हिलम्मे हँुदा राजमार्गभरि गाडीको लाम लाग्छन्, अहिले हिउँदमा धुलाले बिजोक बनाएको छ ।

 

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले एक दिनमा सयौंको संख्यामा सवारीसाधन गुड्ने भएकाले समस्या समाधान नभएको बताए । गुराँसेको बाटोमा ठूला माललवाहक ट्रक र ठूला बसलाई माथिल्लो रोडमा अनुमति नदिँदा तल्लो बाटो हुँदै आउने तल्लो डुगेश्वरसम्मको बाटो कामै नलाग्ने गरी बिग्रिएको बताए । ‘यात्रुबाहक गाडी बढीमा १० टन क्षमताका हिँड्न बनाइएको सडक हो तर २५ टन बढी बोकेका ट्रिपर दिनरात गुड्ने गर्छन्,’ कार्कीले भने ।

 

जनप्रतिनिधिले चासो दिएनन्

कर्णाली राजमार्गको स्तरोन्नतिका लागि स्थानीयले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई पटक–पकट ध्यानाकर्षण गराउँदा पनि पहल नगरेको गुनासो गर्न छाडेका छैनन् ।

 

प्रतिनिधिसभाका सांसद दुर्गबहादुर रावत, कालिकोट क्षेत्र नं. १ का नेकपाका प्रदेश सांसद कुर्मराज शाही र राष्ट्रिय सभाका सांसद जीवन बुढाले संसद्मा समेत कुरा उठाएका छन् । अब, राजमार्गको स्तर उन्नति हुन्छ भने पनि अहिलेसम्म काम भएको छैन ।

प्रतिक्रिया दिनुहोस्