रेशम चौधरीलाई शपथ नगराउन तरुण दलको चेतावनी



काठमाडौं : नेपाल तरुण दलले रेशम चौधरीलाई सांसदको शपथ गराउनु कानुनी शासनको उल्लंघन हुने बताएको छ ।

तरुण दलले बिहीबार विज्ञप्ति जारी गर्दै कैलालीको टीकारपुर घटनाका योजनाकार मानिएका चौधरीलाई शपथ नगराउन चेतावनी दिएको छ ।

तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले जारी गरेको विज्ञप्तिमा सरकारले टीकापुरकाण्डका अभियुक्त रेशम चौधरीलाई जेलबाट निकालेर सांसदको शपथ गराउनु संविधान र कानुनी शासनको ठाडो उल्लंघन भएको बताएका हुन् ।

कैलाली १ का सांसद चौधरीलाई कारवाही गर्नुपर्नेमा सांसदको शपथ गराउन लागेको भन्दै तरुण दलले आक्रोश पोखेको छ । 

विज्ञप्तिमा सरकारको यस कदमलाई अवैधानिक, निरंकुस, अमानवीय र अन्यायपूर्ण भन्दै भत्र्सना गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्