न्यायालयले रेशम चौधरीमाथि न्याय गर्नुपर्छ : राजेन्द्र महतो



काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले रेशम चौधरीले सांसदको पद तथा गोपनियताको शपथ लिनु स्वागतयोग्य भएको बताएका छन् ।

चौधरीले सिंहदरबारस्थित संघीय संसदमा शपथ लिएलगत्तै महतोले सरकारको यस कदमलाई आफूहरुले सकारात्मक रूपमा लिएको बताए । 

चौधरीको शपथग्रहणले जनताको अभिमत र लोकतन्त्रको सम्मान भएको महतोले बताए । सरकारले ढिलै भए पनि चौधरीलाई सांसदको लोगो दिएकोमा उनले खुसी व्यक्त गरे । 

महतोले चौधरी सांसदको लोगोको हकदार भएको र सरकारले चाैधरीलाई उनको हक दिएको भन्दै अब न्यायालयले पनि न्याय दिनुपर्ने धारणा राखे । 

सरकारको आगामी कदम संविधान संशोधन र लक्ष्मण थारू लगायतका बन्दीको रिहाइ हुनुपर्ने उनको विचार छ ।

 

प्रतिक्रिया दिनुहोस्