कालिन्चोक दुर्घटनामा आमा, दुई बहिनी गुमाएकी अन्जनाको दुःख



काठमाडौं : भक्तपुरको आदर्श आजाद मावि भेलुखेलमा कक्षा ९ मा अध्ययनरत छात्रा अन्जना तामङको परिवारको यसअघिको जीवन आमाले गलैंचा बुनेर कमाएको पैसाबाट चल्थ्यो। तर पछिल्लो आइतबार दोलखाको कालिन्चोक दर्शन गरी विहान भक्तपुर फर्कदै गरेको रिजर्भ बस दुर्घटनामा परी उनकी आमा, दुई बहिनीसहित एउटै परिवारको तीनजनाको मृत्यु भएपछि उनी सहाराविहीन जस्तै भएकी छिन्।

काठमाडौंको ह्याम्स अस्पताल धुम्बाराहीमा उपचाररत उनले भनिन्, पहिला आमाले गलैंचा बुनेको पैसाबाट हाम्रो परिवार चल्थ्यो तर अब म कसरी बाँंच्ने होला? भक्तपुरको आर्दशस्थित बुद्ध कार्पेट नामक गलैचा बुन्ने कारखानामा काम गर्ने अन्जनाकी आमा रेश्मासहित अन्जनाका दुई बहिनीहरु क्रमशः सविना र रोशनीको मृत्यु भएको थियो। दुर्घटनामै परे पनि अन्जना बाँच्न सफल भएकी हुन्।

रेश्माका छोरीहरु अन्जना स्थानीय आदर्श आजाद माविमा कक्षा ९, ७ वर्षीया सविना स्थानीय श्री बाल सेवक निमावि हनुमानघाटमा नर्सरीमा र अर्की कान्छी छोरी डेढ वर्षीया रोशनी घटनामा परेकोमा अन्जनाबाहेक एकै परिवारको तीनजनाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा परी कुल १४ जनाको मृत्यु र १८ जना घाइते भएका थिए।

अन्जनाको उपचारमा अहिले उनका आफन्तहरु लागि परेका छन्। अन्जनाको उपचारमा हेरचाहरत भाइ पर्ने बताउने करण तामाङले दिदीको टाउकोको अप्रेशन सफलतापूर्वक सफल भएपछि उनी सुरक्षित रहेको जनाए। तर पनि धेरै सयम अस्पतालमै बसेर उपचार गरिरहनुपर्ने चिकित्सकले बताएको उनले भने। उनका अनुसार उनको उपचारको सबै खर्च बस व्यवसायी समितिबाट भइरहेको छ।

अन्जना अध्ययरत आदर्श आजाद माविका प्रिन्सिपल श्रीकृष्ण किसीले घटनामा परी आफ्नो दुई जना विद्यार्थी घाइते भएको जनाए। कक्षा ९ ए सेक्सनमा अध्ययनरत अन्जना र अर्का छात्र सागर तामाङ घटनामा परेको उनले जनाए। स्कुलका दुवै जना विद्यार्थी ह्याम्स अस्पतालमा उपचाररत छन्।

दुवै विद्यार्थी अहिले खतरामुक्त छन्। अन्जनाको आमा र दुई बहिनीसहित तीनजनाको मृत्यु भएको थियो भने सागरको आमाको मृत्यु भएको थियो। अन्जनाको स्कुलको कक्षा शिक्षक शिवराम बोहजूका अनुसार छात्रा अन्जता अनुशाशित विद्यार्थी हुन्। उनको पढाईको स्तर पनि राम्रो रहेको उनले जनाए।        

बुद्ध कार्पेट नामक गलैचा कारखानाकी प्रोपाइटर बुद्धलक्ष्मी लोहलाले अन्जनाको परिवार दुर्घटनामा परेर स्वर्गीय भएकी रेश्माले आफनो कारखानामा गलैंचा बनुेर चलेको बताइन्। शनिबार विहान तीन बजे ३२ जनाको टोलीमा उनीहरु आदर्श बसस्टप चोकमा भेला भई कालिन्चोक गएका थिए।

समूहमा गएका उनीहरु एक जनादेखि धेरैजना परिवारपरिवार मिलेर त्यहाँं गएका थिए। दुर्घटनामा परेर अन्जना जस्तै धेरै परिवार अहिले विच्चलीमा परेका छन्। बा ४ ख ४४६८ नम्वरको गाडी सिजर्भ गरी शनिबार विहान कान्लिान्चोक दर्शन गरी उनीहरु भक्तपुर फर्कदै गरेका थिए। यही क्रममा सिन्धुपाल्चोकको मुडे नजिक दुर्घटना भएको थियो। यो समाचार आजको नागरिक दैनिकमा कृष्ण किसीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्