३३ किलाे सुन तस्करी प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै गुपचुप



काठमाडौं : प्रधानमन्त्री केपी ओलीले प्रतिवेदन बुझेपछि भनेका थिए, ‘यसबारेमा थप अनुसन्धान अघि बढाइने छ ।’ पाँच महिना भयो, कुनै अनुसन्धान बढाइएन । उल्टै छानबिनका क्रममा पक्राउ परेकाहरु छुट्दै गए । अब त प्रतिवेदनकै बारेमा सरकारी निकाय एक अर्कालाई औला तेर्स्याउन थालेका छन् ।  

संगठित सुन तस्करी अनुसन्धान गर्न गठित उच्चस्तरीय समिति प्रतिवेदन कहाँ छ ? त्यसमा के भइरहेको छ ? गृह मन्त्रालायमा बुझ्दा प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘यसबारे प्रधानमन्त्री कार्यालयमा बुझ्नुहोला । प्रतिवेदन प्रधानमन्त्रीज्यूलाई बुझाइएको हो ।’ 

प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्दा त्यस्तै जवाफ दिइयो । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले भने ‘गृह मन्त्रालयको विषय भएकाले गृहमै बुझ्नु ।’ गृहले त प्रधानमन्त्री कार्यालयमै बुझ्नु भनेको छ भन्ने प्रतिपश्न गर्दा उनले भने ‘कहिलेकाहीँ उच्चस्तरीय समितिका थप काम थाहा हुन सक्दैन ।’ 

टोलीले साउन १६ मा ७ सय ७२ पृष्ठको प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई बुझाएको थियो ।  गत वर्ष माघ ९ गते दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं भित्रिएको ३३ किलो सुन विमानस्थलबाट ओसार्ने क्रममा हराएको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्