सेवाग्राहीसँग प्रहरीले घुस मागेपछि…



काठमाडौं : शान्ति सुरक्षा र अमनचयन कायम गराउने जिम्मेवारी लिएको सुरक्षाकर्मीले नै सेवाग्राहीसँग घुस लिए भन्ने सुन्दा तपाईंलाई कस्तो लाग्छ ?
पक्कै पनि नराम्रो लाग्छ होला ।

यस्तै भएको छ मोरङमा । विराटनगर, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहालले सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएको र घुस मागेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप लगाएको छ ।

आयोगका अनुसार प्रहरी सहायक निरीक्षक दाहालले खाद्य सामग्री ओसारपसार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु सात हजार घुस लिएको आरोप लागेको छ । आयोगले आरापी दाहाललाई केही दिन पहिले घुस लिँदालिँदै विराटनगरबाट थलोमा नै पक्राउ गरेको थियो । आरोपी दाहालविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

त्यस्तै आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएको अभियोगमा बर्दियाका शिक्षक इन्द्रप्रसाद भट्टराईविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले गोकर्णेश्वर–५ का वडा सचिव दिनेश बाँस्कोटाविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सेवाग्राहीको घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु २५ हजार घुस लिएको अभियोग लागेको छ । आयोगले खरिदार बाँस्कोटालाई घुस लिँदै गरेको अवस्थामा थलोमा नै पक्राउ गरेको थियो । –रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विप्लव समूहमाथिको प्रतिबन्त्र र मुद्दा फिर्ताको प्रक्रिया

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा

झापा : प्रधानमन्त्री ओलीले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को

काठमाडौँ : सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा र दीपक चलाउनेको नेतृत्वमा

झापा : प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न आज झापा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षले बाटोमा फालेको लाखौँ रूपैयाँ बरामद

काठमाडौं : चारवटै सुरक्षा निकायका तीन सयभन्दा धेरै सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्री केपी ओलीले आफू

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई

काठमाडौँ । नेपाली काग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले २३ फागुनमा बोलाइएको प्रतिनिधि सभा बैठकमा पार्टीको

काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली प्रति

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्र निर्वाचन आयोगले पार्टीको आधिकारिकता