कैदीहरुबीच झडप हुँदा १८ जनाको मृत्यु



होन्डुरस : होन्डुरसको मध्यक्षेत्रमा रहेको एक जेलमा कैदीहरूबीच आइतबार हिंसात्मक झडप हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको भएको यहाँका अधिकारीले बताएका छन् ।

होन्डुरसको जेलमा दुई दिन पहिले पनि दुई समूहबीच झडप हुँदा अन्य १८ कैँदीको मृत्यु भएको थियो भने अन्य १६ कैँदी सख्त घाइते भएका थिए ।

होन्डुरसका जेलमा हिंसात्मक झडपका दुई दिनको अवधिमा भएका दुई हिंसात्मक घटनामा ३६ जनाले ज्यान गुमाएका र दजनौँ व्यक्ति घाइते भएपछि सरकारले आफ्ना जेलहरूमा सङ्कटकाल घोषणा गरेको छ ।

यहाँको सुरक्षा नेतृत्वले झडपका समय बन्दीगृहको सुरक्षार्थ खटिएका सुरक्षा अधिकारीलाई छ महिनाका लागि निलम्बन गरी घटनाबारे अनुसन्धान अघि बढाएको छ ।

मध्य अमेरिकी मुलुक होन्डुरसको जेलहरूमा क्षमताभन्दा बढी कैँदीहरू राखिने गरिएको छ । कमजोर जेल प्रशासनको फाइदा हुँदै जेलभित्र पनि गुट उपगुट र तीनका नाइकेले आफ्नो प्रभाब देखाउन जेलभित्र हिंसात्मक आक्रमण हुनु होन्डुरसका लागि सामान्य घटनाजस्तै मानिन्छ । यहाँ पटक पटक यस प्रकारका घटना दोहोरिने गर्छन् ।

समाजमा आपराधिक गतिविधिमा सम्लग्न समूहका जेल बाहिर विभिन्न झगडामा प्रकट गर्न नसकेका रोषका घटनाले जेलभित्र हिंसात्मक स्वरूप लिने गर्छन् ।

होन्डुरसभरी जम्मा २७ बन्दीगृह रहेका छन् भने ती जेलमा करिब २२ हजार कैँदीलाई राखिँदै आएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्