सतुङ्गलको आगलागी ९ घन्टापछि नियन्त्रणमा



काठमाडौं: चन्द्रागिरि नगरपालिका–१६ सतुङ्गलमा बिहीबार साँझ ७ बजेदेखि लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा लिइएको छ। नेपाली, सेना, सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

 

दीपक कपास उद्योगबाट शुरु भएको आगो नजिकैकै आनन्द ट्रेड कन्सर्नमा पनि सल्किएपछि त्यहाँ भएको रसायनका कारण आगोले ठूलो रूप लिएको थियो ।

 

थानकोटस्थित महानगरी प्रहरी वृत्तका प्रमुख कुमारविक्रम थापाले उक्त आगलागीबाट मानवीय क्षति नभएको र क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिए। काठमाडौं उपत्यकाका दमकलका साथै खानेपानीका ट्याङ्करसमेत आगो नियन्त्रणका लागि प्रयोग गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्