भन्सार चोरी गरी ल्याइएका ५२ लाख बराबरको सामानसहित २ पक्राउ



काठमाडौं : प्रहरीले अवैध सामानसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा निकेश शाक्य र रेस्मा श्रेष्ठ रहेका छन् ।

बुधबार राति ११ः ३० बजे महानगरीय प्रहरी वृत स्वयम्भुबाट खटिएको प्रहरी टोलीले ५२ लाख बराबरको भन्सार छली ल्याएको सामान बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले विशेष सुराकीको आधारमा काठमाडौं महानगरपालिका–२५ टेङ्गालस्थित हरि बहादुर श्रेष्ठको घरमा अवैध भन्सार छली गरी ल्याइएका विभिन्न जिन्सी सामानहरु बरामद गरेको हो ।

प्रहरी टोलीले श्रेष्ठको घरको दोस्रो तलामा बस्दै आएका शाक्य र श्रेष्ठको कोठामा भन्सार छली ल्याइएका सामान र बिक्री वितरण गरेको पन्ध्र लाख सतहत्तर लाख, एनएमबी बैंकको दुई लाखको चेक, सोही खाताको तीन लाख त्रिहत्तर हजारको अर्को चेकका साथै, मोबाइल, ल्यापटप, क्यामेरा लेन्स, आइप्याड, एयर फोन, पेन्सिल लगायतका सामान बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्