सिमाक्षेत्रमा ड्रोन प्रतिबन्ध



काठमाडौं: गृह मन्त्रालयले नेपाली आकाशमा मानवरहित स्वचालित विमान (ड्रोन) को प्रवेश नियमन गर्न नयाँ कार्यविधि ल्याउने तयारी गरेको छ । ड्रोन उडानको क्षेत्र फराकिलो हुँदै गएपछि पुरानो कार्यविधिले समेट्न नसक्दा सुरक्षा र गोपनीयतामा गम्भीर चुनौती थपिएको निष्कर्ष निकाल्दै सरकारले त्यसको नियमनका लागि नयाँ कार्यविधि ल्याउन लागेको हो ।

 

अहिलेको कार्यविधिअनुसार अन्तर्राष्ट्रिय सीमा–नाकालाई कडाइ गर्दै पाँच किलोमिटर वरपर ड्रोन उडान गर्न पाइनेछैन। खासगरी अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा बढी नै ड्रोनको प्रयोग हुन थालेपछि मन्त्रालयले त्यसलाई नियन्त्रण गर्न नयाँ कार्यविधि ल्याउन लागेको हो ।

 

२०७२ सालको भूकम्पछि मुलुकका विभिन्न भागमा बिनाअनुमति ड्रोन उडान गर्न थालिएपछि सरकारले भूकम्पलगत्तै ड्रोन उडानसम्बन्धी कार्यविधि २०७२ जारी गरेको थियो। गृह मन्त्रालयले ल्याएको कार्यविधिमा मुलुकको सुरक्षा व्यवस्थालाई मात्र ख्याल गर्दै ड्रोन उडानलाई नियमन गर्न थालेको थियो। तर सो कार्यविधि खुकुलो भएको र ड्रोन सूचना संकलनसमेतको माध्यम बन्न थालेकाले उडानको दायरा, वर्गीकरण तथा उद्देश्यसमेत तोकेर अर्को कार्यविधि ल्याउन लागेको हो ।

 

अध्ययन, खोज तथा अनुसन्धान कार्य, विपद् व्यवस्थापनसँग सम्बन्धित कार्य, सेवा प्रवाह तथा विकास व्यवस्थापनसँग सम्बन्धित कार्य, कला, साहित्य, धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं मनोरञ्जनसम्बन्धी कार्य, आमसञ्चारसम्बन्धी कार्य तथा सैनिक तथा सुरक्षा प्रयोजनसम्बन्धी कार्यामा ड्रोन प्रयोग गर्न सकिने व्यवस्था छ।

 

कार्यविधिले ड्रोन उडानको वर्गिकरणसमेत गरेको छ । जसअनुसार अध्ययन, खोज तथा अनुसन्धान कार्य, विपद् व्यवस्थापनसँग सम्बन्धित कार्य, सेवा प्रवाह तथा विकास व्यवस्थापनसँग सम्बन्धित कार्य, कला, साहित्य, धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं मनोरञ्जनसम्बन्धी कार्य, आमसञ्चारसम्बन्धी कार्य तथा सैनिक तथा सुरक्षा प्रयोजनसम्बन्धी कार्यामा ड्रोन प्रयोग गर्न सकिने व्यवस्था गरेको छ। सो कार्यविधिअनुसार संवेदनशीलताका आधारमा ड्रोन उडान क्षेत्रको वर्गीकरण गरिएको हो ।

 

मानव बस्तीरहित इलाका, संरक्षित वा निषेधित क्षेत्रबाहेकका खुला क्षेत्र, बस्ती, समुदाय, संरक्षित वा आरक्षित क्षेत्र, सरकारी निकाय, कूटनीतिक नियोग वा प्रतिष्ठान रहेको इलाका र अस्पताल, स्वास्थ्य केन्द्र, धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक महत्वका इलाकालाई क्रमशः सामान्य, मध्यम, संवेदनशील र उच्च संवेदनशील क्षेत्रका रूपमा लिइएको नागरिकमा खवर छ ।  

 

त्यस्तै निषेधित क्षेत्रका रूपमा हवाई उड्डयन सञ्चालन क्षेत्र, विमानस्थल, हवाई मार्ग र धावन मार्ग वा क्षेत्र, सैनिक वा सुरक्षा निकाय रहेको इलाका, सरकारले निषेधित क्षेत्र भनी तोकेका क्षेत्रहरू तथा इलाका, प्रकोपको समयमा सञ्चारमा अवरोध गर्न सक्ने भनी निषेधित गरेको इलाकामा ड्रोन उडान गर्न पाइँदैन ।

 

नेपाल सरकारले उडानका लागि निषेधित भनी तोकिएका इलाका अतिरिक्त केही स्थानमा पनि उडानमा अनुमति नदिने व्यवस्था गरिएको छ । हवाई सेवा सञ्चालन वा एयर ट्राफिक कन्ट्रोल कक्षको आसपासको पाँच किलोमिटरको क्षेत्र अथवा विमानको सुरक्षार्थ उचाइ सुरक्षित गरिएका हवाईमार्गमा पनि उडान गर्न पाइँदैन । अन्र्तराष्ट्रिय सीमानाको पाँच किलोमिटर र नेपाल सरकारले तोकिएकोले सो क्षेत्रमा मात्रै उडान गर्न पाइनेछ।

प्रतिक्रिया दिनुहोस्