यती ग्रुपमाथि नियोजित र योजनाबद्ध रुपमा प्रहार भएको खुलासा



काठमाडौं : अहिले यति समूहलाई नेपाल ट्रष्टको मातहत रहेको गोकर्ण रिसोर्ट भाडामा दिएको विषयमा विभिन्न पत्रपत्रिकाले धाराप्रवाह समाचार लेख्दै आएको छ । सत्य र तथ्यमा आधारित नभएर एकपक्षीय रुपमा समाचार प्रकाशन गरेको भन्दै पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाले प्रेस विज्ञप्ति जारी गरी बिरोध जनाएको छ ।

उनीहरुले विज्ञप्ति प्रकाशन गर्दै समाचारको खण्डन गर्दै आपत्ति समेत जनाएका हुन । व्यवसायी यती समूहमाथि विभिन्न सञ्चारमाध्मयमले नियोजित रूपमा प्रहार गरेको भन्दै पर्यटनसँग सम्बन्धित संघरसंस्थाले आपत्ति जनाएका छन्। सञ्चारमाध्यमले आफ्नो स्वार्थ पूरा गर्न एकतर्फी रूपमा निरन्तर गलत समाचार संप्रेषण गरेर यती समूहमाथि प्रहार गरेको भन्दै विज्ञप्तीमार्फत आपत्ति जनाएको हो।

गत बुधबार नेपाल पर्वतारोहण संघले विज्ञप्तिमार्फत् आपत्ति जनाएका् थियो । हिजो (बिहीबार) सगरमाथा आरोही संघ र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सले विज्ञप्ति प्रकाशित गरी आपत्ति जनाएको हो । विज्ञप्ति प्रकाशन गर्दै यती समूहको बारेमा सञ्चारमाध्यममा आइरहेको गलत समाचारमा आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्।

नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वव्यापी बनाउन मुख्य योगदान दिने यती समूहको भगिनी संस्था थामसेर्कु ट्रेकिङ र यती समूहका अन्य संस्थाको भूमिका अगुवा रहेको संघका अध्यक्ष शन्तवीर लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। यता सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पाले सयौं पर्वतारोहण पथप्रदर्शक, सहयोगी मजदुरहरूलाई रोजगार दिनेदेखि दर्जनौं हिमालको प्रबद्र्धनमा यती समूहको हात रहेको र राज्यलाई सहयोग पु¥याउदै आएपनि सञ्चारमाध्यमले गलत प्रचार गरेको बताएका छन् । विज्ञप्ति प्रकाशित गर्दै ती संस्थाहरुले समग्र पर्यटन र पर्वतीय पर्यटनको प्रबद्र्धन र विकासमा योगदान र्पुयाएको व्यावसायिक प्रतिष्ठान यती व्यवसायी समूहमाथि नियोजित रूपमा आइरहेको समाचारप्रति आपत्ति जनाएको हो ।

विज्ञप्तिमा घटनाका विषयमा सत्यतथ्य खोजी गर्नुको साटो सञ्चारमाध्यमले नियोजित रूपमा गलत समाचार संप्रेषण गरेको भन्दै आगामी दिनमा यस्ता कार्य नगर्न सचेत गराइएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० सुरु हुन लाग्दा एउटा अब्बल पर्यटन व्यवसायीमाथि नियतबस बद्नाम गराउने कुचेष्ठा भइरहेकोप्रति संघ÷संस्थाले आपत्ति जनाएका हुन ।

प्रतिक्रिया दिनुहोस्