सोमालियामा कार बम विस्फोटः ७३ जनाको मृत्यु, शवहरु छरपस्ट अवस्थामा



एजेन्सी : सोमालियाको राजधानी मोगादिसुमा भएको कार बम विस्फोटमा कम्तीमा ७३ जनाको मृत्यु भएको छ । बिहानको व्यस्त समयमा राजधानीको चेकपोस्ट नजिकै बम विस्फोट भएको बीबीसीले जनाएको छ ।

सोमालियाको मदीना अस्पतालका निर्देशक डा. मोहम्मद यूसुफले ७३ वटा शव अस्पतालमा रहेको र विस्फोटमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने एपी समाचार संस्थालाई बताएको बीबीसीमा उल्लेख गरिएको छ ।

यसअघि पनि सोमालियामा यस्ता घटनाहरु हुँदै आएका छन् । विगतका घटनाहरुको जिम्मा अल–शबाब समूहले लिने गरेको भए पनि यो घटनाको जिम्मेवारी भने कसैले लिएको छैन । अल–शबाब पनि १० वर्षदेखि सोमालियामा अल–कायदासँग मिलेर विद्रोह गर्दै आइरहेको छ । उनीहरुलाई सन् २०११ मा राजधानीबाट लखेटिएको भए पनि देशका केही भागहरु अझै उनीहरुको नियन्त्रणमा रहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा शवहरु छरपस्ट अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्