जनस्वास्थ्य संघको नेतृत्व छान्न चुनाव



जनकपुरधाम: नेपाल जनस्वास्थ्य संघको आगामी नेतृत्वका लागि सातै प्रदेशमा मतदान जारी छ । विहानदेखि सात प्रदेश र काठमाडौंको लागि १ मतदान केन्द्र गरी ८ मतदान केन्द्रमा मतदान सुरु भएको हो । संघमा नेकपा निकट प्रगतिशील समूह र नेपाली कांग्रेस निकट पेशागत समूहबीच प्रतिस्पर्धा देखिएको छ ।

 

दुई सय पचास मतदाता रहेको प्रदेश २ को निर्वाचनमा अध्यक्षका लागि तीन जना उम्मेदवार छन् । प्रगतिशील समूहवाट शैलेन्द्र पटेल, पेशागत समूहवाट रामानन्द पण्डित र स्वतन्त्र समूहबाट किशोर कुमार ठाकुरबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचन अधिकृत दीपेन्द्रकुमार रायका अनुसार अपरान्ह ४ बजेसम्म मतदान जारी रहनेछ ।

 

उपाध्यक्षमा जीतनारायण यादव (धनुषा), सहसचिव अखिलेश झा (धनुषा) र सदस्यमा किरण यादव र शम्भू साह निर्विरोध निर्वाचित भइसकेको रायले बताए ।

प्रतिक्रिया दिनुहोस्