कुलमान घिसिङद्वारा आँखा दानको घोषणा



काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखाको नानी दान गर्ने घोषणा गरेका छन् । मरणोपरान्त आँखाको नानी दान गर्नेहरूको सम्झनामा नेपाल आँखा बैंकले शनिबार आयोजना गरेको सामूहिक श्रद्धाञ्जली–सभामा सहभागी घिसिङले मृत्युपश्चात् आँखाको नानी दान गर्ने सहमति–पत्रमा हस्ताक्षर गरेका हुन् ।

उनले सहमति–पत्रमा हस्ताक्षर गर्दै भने, ‘मृत्युपर्यन्त स्वर्ग जान पाऊँ भनेर मरेपछि आँखाको नानी दान गर्न राजी भएको हुँ । आँखाको नानी सही रूपमा अरूमा प्रत्यारोपण भएको छ, र धर्तीको वास्तविक भगवान पनि आँखाको नानी दान गर्नेहरू हुन् ।’

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा सन्दुक रुइतले २५ वर्षअघि एकजनाबाट सुरु गरिएको आँखा दान अहिले हजारभन्दा बढीलाई प्रदान गरिएको बताए । आँखा बैंकको टिमको मेहनतबाट यहाँसम्म आउन सफल भएको बताए । नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्