प्रदेश सांसदका पनि छोराछोरी, पतिपत्नी र सालासाली पिए



काठमाडौं : प्रदेश सांसदले पनि आफन्तलाई स्वकीय सचिव (पिए) राखेका छन् । सत्तारुढ नेकपा, कांग्रेस, मधेशवादी, राप्रपा, विवेशील साझा लागयतका दलका सांसदले सुविधाको पदमा पार्टीका कार्यकर्तालाई भन्दा पनि रक्त सम्बन्ध भएका आफन्तलाई अवसर दिएका हुन् ।

धेरै सांसद्ले छोराछोरी, ज्वाईं, श्रीमानश्रीमती, सालासाली, नातिनातिनी, भजिताजतिजीलाई पिए राखेका छन् । राजनीति गर्न कार्यकर्ता, चुनाव जित्न जनता र पिए राख्न सालासाली, भाइभजितातिर सांसदको मन गएको देखिएको छ ।

प्रदेश २ का ७७ सांसदले भने पिए राख्दै नराखी पिएको तलबसमेत आफैँ खाँदै आएका छन् । गण्डकी प्रदेशका सांसदले भने पिए राख्ने विषयमा कानुन बनाउनै बाँकी छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्