संविधान संशोधनमा दबाब बढाउँदै दलहरू



काठमाडौं : तराई–मधेस केन्द्रीत संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संविधान संशोधनको मुद्दालाई अघि बढाएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथि दबाब सिर्जना गर्ने रणनीति बनाएको छ ।

टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यको शपथपछि मधेस केन्द्रित दलहरू संविधान संशोधनमा केन्द्रित बन्न थालेका हुन् ।

राजपाबाट कैलाली–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरीलाई पद तथा गोपनीयताको शपथ गराउन सत्तारुढ दलमाथि राजपा नेताहरूले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब दिएका थिए । चौधरीलाई शपथ नगराए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनीपछि सरकारले बिहीबार शपथ गराएको थियो ।

त्यसलगत्तै सरकारमै सहभागी संघीय समाजवादी फोरमका नेताहरूले शनिबार प्रधानमन्त्री ओलीलाई सरकारी निवास बालुवाटारमा भेटी संसद्को चालु अधिवेशनमै संशोधन विधेयक संसद्मा ल्याउन आग्रह गरेका छन् । ओली नेतृत्व सरकारमा सहभागी हुनुअघि संविधान संशोधनसहितका विषयमा भएको सहमति स्मरण गराउँदै संशोधन मुद्दालाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्