टिकट काटेर पानीजहाज चढ्ने सपना पूरा हुन्छ, धैर्य गरौं : प्रधानमन्त्री



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै पानीजहाजको टिकट काट्न पाइने बताएका छन् । नेपालमा पानीजहाज चल्ने कुरालाई व्यंग्यको विषय बनाइएको भन्दै प्रधानमन्त्री ओलीले धैर्य गर्न आह्वान गरेका छन् ।

 

उनले आइतबार संसद् बैठकलाई सम्बोधनका क्रममा पानीजहाज चलाउने आफ्नो भनाइलाई कागजको जहाज बनाएर जिस्क्याइएको भन्दै टिकट काउन्टरमा टिकट काटी पानीजहाज चढ्ने सपना पूरा हुने दाबी गरेका हुन् । 

प्रधानमन्त्रीले नेपालमा रेल र पानीजहाज चल्ने आफ्नो कुरालाई व्यंग्य गरिएको भन्दै रेल र पानीजहाज चलाउन सम्पूर्ण तयारी भइसकेको बताए । उनले सदनलाई जलमार्गको सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए । त्यस्तै पूर्व पश्चिम रेलमार्गको विस्तृत परियोजना तयार भइसकेको पनि जानकारी दिए ।

 

देशमा पाँचवटा सुरुङ मार्ग बनाउन सम्भाव्यता अध्ययन भइरहेको प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्