कंसाकारलाई कालोमोसो दल्ने पक्राउ



काठमाडौं : नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्ति क्रान्तिकारी माओवादीको युवा संगठनको सचिवालय सदस्य सुरेश तामाङ रहेको प्रहरीले बताएको छ ।

कंसाकारलाई शुक्रबार उनकै कार्यकक्षमा मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को युवा संगठनले कालोमोसो दलेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्