साफ यू – १८ महिला च्याम्पियनसिपकाे सेमिफाइनलमा नेपाल अाज भारतसँग भिड्दै



काठमाडौँ : भुटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको  पहिलो सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दै छ।

 

नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा ३ः१५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ।

 

आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भूटान र बङ्गलादेश प्रतिस्पर्धा गर्नेछन् । समूह चरणमा एक खेलमा जित र एक खेलमा हार व्यहोर्दै नेपाल सेमिफाइलनमा पुगेको हो। 

 

समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० ले पराजित गरेको थियो भने बङलादेशसँग २–१ गोलले पराजित भएको थियो।

 

नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा रानामगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा छन्।

 

हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीका सहायक प्रशिक्षक प्रकास वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास छिन्।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि युवाहरूले ‘गो ब्याक चाइना’ भन्दै प्रदर्शन गरेका छन् । नेपालको

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४ जनामा नयाँ कोरोना संक्रमण थपिएका

गोरखा : ललितपुरको पाटन अस्पतालमा सोमबार राति मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि

काठमाडौंः स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको आरडिटी परीक्षण स्थगित गर्ने निर्णय गरेको छ । मन्त्रालयले

काठमाडौं : पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमितको संख्या थपिँदै गएको छ । सोमबारमात्र

काठमाडौं । मंगलबार (आज)मन्त्रिपरिषद बैठक बस्दैछ । वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे

काठमाडौं : देशभर मंगलबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहको आज (मंगलबार) जन्मदिन परेको छ । पूर्व राजा शाह

ईलाम : नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत ईलामको श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय निर्माणको लागि

काठमाडौं : आत्महत्या गरेको फेसबुक लाइभ सेयर नगर्न स्वास्थ तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ

काठमाडौं : सोमबार काठमाडौं उपत्यकाकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं : नेपालमा सोमबार थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य