भूकम्प धक्का महसुश



बैतडी: भारतको उत्तराखण्ड प्रदेश केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुश गरिएको छ ।

 

सुर्खेत भूकम्प मापन केन्द्रका प्रमुख दीपक बस्नेतका अनुसार राति १० बजेर १ मिनेटमा चार रिक्टर स्केलको भूकम्प गएको हो ।

 

भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामबाट दक्षिण पश्चिम २९ किलोमिटर टाढा भारतमा रहेको प्रमुख बस्नेतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्