५० हजार लुटेर भाग्दै गर्दा पक्राउ परिन् युवती



काठमाडौं : ५० हजार रुपैयाँ लुटेर भाग्दै गरेकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। सिरहा विष्णुपुर गाउँपालिका-१ चोकबाट नगद ५० हजार रुपैयाँ लुटेर भाग्दै गरेकी सप्तरी राजबिराज नगरपालिका-३ की २८ वर्षीया युवती फुलकुमारी दुसादलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

 

सिरहा नरहा गाउँपालिका-३ माईतीघर बस्ने धनुषा घर भएकी २५ वर्षीया अन्जुदेवी यादवले आईएमईबाट उक्त नगद निकाली गाडी चढेर माईत जाँदै गरेको अवस्थामा रकम लुटिएको थियो।

 

अन्जुदेवीको रकम लुटेर भाग्दै गरेकी युवती फुलकुमारीलाई इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरीले नगद सहित पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्