घुस नभई डेग चल्दैनन् कर्मचारीः भक्तपुर मालपोतमा यस्तो बेथिती



काठमाडौं: ‘१५ हजार दिनुस्। आजै काम बन्छ।’ लेखा अधिकृतको आदेशअनुसार लेखापढी व्यवसायीले सेवाग्राहीसँग सिधै पैसा मागे। सेवाग्राहीले पैसा दिन मानेनन्। काम नबनेपछि व्यवसायी अधिकृतको नजिक गइ कानेखुसी गर्न थाले । ती व्यवसायी एकैछिनमा फेरि सेवाग्राही भएको ठाउँमा गए।

 

१५ सयमा बन्ने कामको लागि १५ हजार तिर्न नसकिने भन्दै सेवाग्राही बाहिरिए। आइतबार अपरान्ह ४ः१० बजे भक्तपुर मालपोत कार्यालयको भुँई तलामा देखिएको दृश्य हो यो।  विहान १२ बजे। कार्यालयमा भिड थियो। सेवाग्राही फाइल बोकेर दौडिरहेका थिए। व्यस्त समयमा खरदार चित्रप्रसाद खतिवडा भने पटकपटक कार्यकक्ष छाडेर कार्यालय परिसरमा निस्किरहे।

 

एकजना चस्मा लगाएका व्यक्ति उनको प्रतिक्षामा थिए। उनी बेलाबेला ती व्यक्तिसँग सुस्तरी कुरा गर्थे। खतिवडा भन्थे, ‘कति फिटको बाटो छ?’ ती व्यक्ति सुस्तरी कुरा गर्थे। एकछिन कुरा गरेर खरदार खतिवडा कार्यालय भित्र छिरे। चस्मा लगाएका व्यक्ति उनलाई पर्खिरहे ।

 

करिब २ घन्टापछि फेरि खतिवडा बाहिर आए। फेरि सुरु भयो दुईजनाको खासखुस। खतिवडाले भने, ‘बाटो काटेर मिलाउदा १२ सम्म त हुन्छ होला।’ ती व्यक्तिले अनविज्ञता जनाए। अन्तमा ती व्यक्ति खतिवडाको फोन नम्बर लिएर बाहिरिए ।

 

दिउँसो १२: ३० बजे। ५० कटे जस्ता देखिने एक व्यक्ति कार्यालयभित्रबाट ठूल्ठूलो स्वरमा हल्ला गर्दै बाहिर निस्किए। उनी कसैलाई गाली गदै थिए। भन्दै थिए, ‘म अहिले सारा समाजको अगाडि उभिएर बोलिरहेछु। थाहै नदिइ जग्गा पास गर्ने? खै मेरो ५ प्रतिशत कमिसन ?’ गेटमा उभिएर रिसाउदै फोनमा कुरा गरिरहे। त्यसपछि सडकमा पुगेर फोनबाटै थर्काइरहे। उनी भन्दै थिए, ‘तेरो घर नदेखेको हो र रु म त्यहीँ आउँछु।’

 

कमिसन पाउने आशामा उनले जग्गा मिलाइ दिएछन्। तर जग्गा लिने र दिनेले उनैलाई पत्तै नदिइ पास गरेपछि ती उनी क्रुद्ध भए। उनले पाउने २ लाख कमिसन पाएनन्। ‘बैना लिने बेलै आफ्नो भाग लिनु पथ्र्यो नी। अब कराएर केही हुन्छ।’ उनको कुरा सुनिरहेका एकजनाले सान्त्वना दिँदै सुझाए।

 

केही कर्मचारी बिहान सातै बजे कार्यालय पुगि सक्छन्। एक सेवाग्राही बिहानै कर्मचारी कार्यालय पुग्नुलाई शंका गर्छन्। उनी भन्छन्, ‘विहान पैसाको चलखेल हुन्छ। त्यही भएर बिहानै आएका हुन्। हाम्रो काम गर्न आएका हुन् र ?’ तर, मालपोत कार्यालयका प्रमुख ध्रुवप्रसाद कोइराला कामको चापले कर्मचारीहरु विहानै कार्यालय आउने गरेको बताउँछन्।

 

भन्छन्, ‘अघिल्लो दिन थालेको काम टुंग्याएर सेवाग्राहीलाई सेवा दिन आएका हुन्।’ तर बिहानैदेखि काम गर्ने कर्मचारीको लागि कार्यालयबाट कुनै विशेष सुविधा नभएको उनी बताउँछन्। कर्मचारीको निजी जिन्दगी हुने तर कामप्रतिको जिम्मेवारीले गर्दा बिहानैबाट खट्नु परेको उनको भनाइ छ।

 

कर्मचारी पुगेपछि लेखापढी व्यवसायी सल्बलाउँन थाल्छन् । कार्यालय परिसर वरपर खुलेका बग्रेल्ती लेखापढी व्यवसायीका कार्यालयहरु सँगसँगै खुल्छन्। उनीहरु दिनभर कार्यालय परिसर घुमिरहन्छन्। अन्त जस्तो बाटो रोकेर सेवाग्राहीलाई लैजाने अवस्था भने देखिएन । सेवाग्राही उनकै अफिसमा पुग्छन्। अनि सुरु हुन्छ युवती व्यवसायीको काम ।

 

अठार÷बिस वर्षका जस्ता देखिने युवतीहरु फाइल बोकेर निस्कन्छन्। उनीहरुको बाक्लो चहलपहल सुरु हुन्छ। उनीहरु कसैले लेखापढी व्यवसायीको परिचय भिरेका हुँदैनन्। उनीहरु हाँस्दै, जिस्किँदै कार्यालयको भर्‍याङ तलमाथि गरिहन्छन् ।

 

कर्मचारीको कार्यकक्ष पुग्छन् अनि मुस्कुराउँदै भन्छन्, ‘हाइ सर।’ अरुको भन्दा अगाडि हुन्छ उनीहरुको काम। एक लेखापढी व्यवसायी भन्छन्, ‘केटीहरु मस्किएर बोलेपछि कर्मचारीले काम छिटो गरिदिन्छन्। त्यसले उनीहरुलाई राखेका हौं।’ अन्नपुर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्