त्रिभूवन विमानस्थलमा बिहान ९ बजेदेखि सबै उडान राेकिए



काठमाडौँ : त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । 

 

भिसिसिएस भनिने उपकरणको एरिया र एप्रोचमा समस्या आएकाले उडान केही समयका लागि रोकिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन् । तर अवतरणमा भने कुनै समस्या नरहेको उनले बताए ।

 

क्षेत्रीका अनुसार एरिया र एप्रोच सिस्टममा नदेखिएकाले उडान केही समयका लागि रोकिएको छ । अराइभलमा डिस्टर्ब छैन, डिपार्चरमा अलिअलि डिस्टर्ब छ । चाँडै नै उडान सेवा पनि नियमित हुनेछ ।

 

विमानस्थलको टावरले भने नियमित रुपमा काम गरिरहेकाले अवतरणमा समस्या नरहेको उनले जानकारी दिएका हुन् । भिसिसिएसमा समस्या आउँदा बिहान ९ बजेदेखि उडान प्रभावित भएको हो ।

प्रतिक्रिया दिनुहोस्