तत्कालिन किष्ट बैंकका सिइओ ज्ञवाली पक्राउ



काठमाडाैं:  तत्कालिन किष्ट बैंकका सिइओ कमल ज्ञवालीलाई बिहीबार कञ्चनपुरबाट प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर अन्तर्गत अदालतले उनलाई साँढे चार करोड रुपैयाँ र ४ बर्ष जेल सजायको फेसला सुनाएपछि फरार रहेका ज्ञवाली पक्राउ परेका हुन् ।

 

तत्कालिन किष्ट बैंकका सिइओ रहेको बेला आर्थिक अपचलन गरेको अभियोगमा राष्ट्रबैंकले बैंकिङ कसुर अन्तर्गत उनी विरुद्ध मुद्दा दायर गरेको थियो । 

 

उनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले कन्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

 

उनलाई पाटन उच्च अदालतको फैसलाले साँढे चार करोड जरिवाना र ४ बर्ष कैद सजायकाे फैसला गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्