एकल कविता वाचनको नवौं श्रृंखला सम्पन्न



जनकपुरधाम : मैथिली साहित्यकार सभाको आयोजनामा द्वैमासिक मैथिली एकल कविता वाचनको नवौं श्रृंखला सम्पन्न भएको छ ।

जनकपुरधामस्थित सार्वजनिक पुस्तकालयमा आयोजित कार्यक्रममा प्रसिद्ध मैथिली कवि रामरतन यादवले विभिन्न विषयउपर करिब डेढ दर्जन कविता वाचन गरेका थिए ।

उनको अधिकांश कविताहरु समान अधिकार,जनकपुरधाम र मैथिली संस्कृतिसँग सम्बन्धित थिए ।

दिवंगत मैथिली कवयित्री कुसुमलता कर्ण र वरिष्ठ पुरातत्वविद् (मैथिली अनुसन्धानकर्ता) तारानन्द मिश्रको योगदानमाथि संक्षिप्त चर्चा सभाका सभापाल प्रेम विदेह ललनले गरे ।

संस्थाका सभापाल प्रेम विदेह ललनको सभापतित्वमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य सहकार्यपाल राजेन्द्र ललनले गरेका थिए भने अभियान गीत उपसभापाल रामाशीष मण्डल र प्रेम विदेहले गाएका थिए ।

कार्यक्रममा श्रोताको तर्फबाट कविता वाचनमाथि तिनजनाले टिप्पणी गरे । सामाजिक अभियन्ता एवं पुस्तकालयका सञ्चालक विपति मण्डल,शिक्षक एवं कवि भोला यादव र गीतकार तथा गायक सुनिल मल्लिकले कविहरुको कविताको प्रशंसा गरेका थिए ।

कार्यपाल अरविन्द कुमार यादवको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषपाल नागेश्वर मयडल, सदस्य मनोज प्रेमेश, पूर्व कार्यपाल विजयदत्त मणि,सदस्य शिवन यादव, शिक्षक अशलम राइन,दिपक झा, गाँधी गोइत, रेखा यादव, पूजा यादव सहितका काव्य प्रेमीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्